काठमाडौं । प्राकृतिक सुन्दरताले भरिपूर्ण भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लाको साँधमा अवस्थित रानीकोट ऐतिहासिक तथा धार्मिक स्थल रानीकोटमा अवस्थित ‘भिलेज हाइल्याण्ड रिसोर्ट दक्षिण एशियाकै उत्कृष्ट हिल स्टेसन रिसोर्टको उपाधिको लागि प्रतिस्पर्धामा उत्रिएको छ ।
यस वर्षको साउथ एसियन ट्राभल अवार्ड (साटा) मा बेष्ट हिल स्टेशन रिसोर्ट श्रेणीमा यो रिसोर्टले आफ्नो नाम दर्ज गराउन सफलता हासिल गरेको हो । यो गौरवपूर्ण उपलब्धिले केवल रिसोर्टको प्रतिष्ठालाई मात्र होइन, समग्र नेपाली पर्यटन उद्योगलाई अन्तर्राष्ट्रिय मञ्चमा उचाइमा पुर्याएको रिसोर्टका सञ्चालक रामसुन्दर बकेले जानकारी दिए ।
यो सम्मान केवल म र मेरो टिमको लागि मात्र होइन, सम्पूर्ण नेपालको पहिचान र पर्यटनको सम्भावनाको लागि एक ठुलो अवसर हो। हामीले देशको मौलिकता, प्रकृति, र आतिथ्य संस्कृतिलाई समेटेर यो रिसोर्ट निर्माण गरेका हौं, बकेले भने ।
रिसोर्टको अग्रगमनलाई थप बलियो बनाउने उद्देश्यले सम्पूर्ण नेपालीहरूलाई साटा अवार्डमा मा यसलाई भोट गर्न अपील गरिएको छ। तपाईं पनि तल दिइएको लिङ्कमा गई Village Highland Resort – Best Hill Station मा भोट दिन सक्नुहुन्छ ।
https://www.southasiantravelawards.com/home
अत्याधुनिक सेवा सुविधा प्रदान गर्दै आएको यस भिलेज हाइल्याण्ड रिसोर्टले विभिन्न स्तरका पर्यटकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । अग्लो स्थानमा अवस्थित यस रिसोर्टको स्वच्छ र मनोरम वातावरणका कारण स्वदेशी तथा विदेशी पाहुनाहरुलाई आकर्षित गर्दै आएको छ ।
प्रतिक्रिया