देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्रोत नखुलेको ९५ लाख १७ हजार पाँच सयसहित चारजना पक्राउ

देशान्तर

काठमाडौं । प्रहरीले स्रोत नखुलेको रु ९५ लाख १७ हजार पाँच सयसहित चारजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर नगरपालिका–३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरी, सप्तकोशी नगरपालिका–१ का ४३ वर्षीय गणेश राई, लमजुङ, दोदी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ तथा सोही ठाउँका ३९ वर्षीय सन्तोष घिमिरे रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

उनले भने, ‘काठमाडौं महानगरपालिका–९ पिंगलास्थानस्थित पशुपति भिजन अगाडी सडकमा आइतबार दुईवटा मोटरसाइकलमा शंकास्पद अवस्थामा सवार उनीहरूको साथमा रहेको झोला खानतलासी गर्दा उक्त रकम सहित नियन्त्रणमा लिइएको हो ।’

स्रोत खुल्न नसकेको उक्त रकमसहित पक्राउ परेका चारैजनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताए ।