देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रिसा साहको मृत्युको विषयमा परराष्ट्रले सुरु गर्‍यो कूटनीतिक पहल

देशान्तर

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको मृत्युको विषयमा परराष्ट्र मन्त्रालययले कूटनीतिक पहल थालेको छ।

परराष्ट्रमन्त्री आर्जु राणा देउवाले सामाजिक सञ्जालमा पोस्ट गर्दै उक्त कुरा जानकारी दिएकी हुन्। “परराष्ट्र मन्त्रालयले घटना लगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरू र दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको छ,” सामाजिक सञ्जालमा उल्लेख गरिएको छ।

नेपाली विद्यार्थी आफ्नै होस्टेल कोठामा मृत भेटिएको घटनाले निकै मर्माहित बनाएको मन्त्रीले जनाएकी छन्। मृतकको आत्माको चिर शान्तिको कामना गर्दै परिवाजनमा गहिरो समवेदना व्यक्त पनि व्यक्त गरेकी छन्।