देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राज्यमन्त्री गर्बुजाको पद तथा गोपनीयताको शपथ हुँदै

देशान्तर

काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन्।

उनलाई आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफासिमा राष्ट्रपति रामचन्द्र पौडेलले गर्बुजालाई गत बुधबार राज्यमन्त्रीमा नियुक्त गरेका थिए। यसअघिका ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री ओलीले बर्खास्त गरेका थिए।

गर्बुजा नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुन्। गत निर्वाचनमा उनी म्याग्दीबाट निर्वाचित भएका थिए।

राज्यमन्त्री गर्बुजाको शपथ ग्रहणलगत्तै आजै मन्त्रिपरिषदको बैठक पनि बस्नेछ।