काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७ सयले घटेको हो ।
महासंघले आज सुन तोलामा एक लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ ।
यसअघि मंगलबार सुन तोलाको एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदीको मुल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले घटेर १९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया