काठमाडौं । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र सीके राउत नेतृत्वको जनमत पार्टीबीच बुधबार एकता घोषणा हुँदै छ । सीके राउत अध्यक्ष र रञ्जिता श्रेष्ठ (चौधरी) सहअध्यक्ष हुने गरी पार्टी एकता हुन लागेको हो ।
नयाँ पार्टीमा नाउपाकी श्रेष्ठले चितवन पश्चिमको जिम्मेवारी सम्हाल्नेछिन् भने सीके राउतले चितवन पूर्वको जिम्मेवारी सम्हाल्नेछन् ।
कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा एक कार्यक्रम गरी पार्टी एकता घोषणा गर्न लागिएको बताए । यो पार्टी एकता भएसँगै संसदमा १० सिट रहेको नयाँ पार्टीको जन्म हुनेछ ।
र यो पार्टीको नाम नागरिक जनमत पार्टी (नाजपा) हुनेछ । हाल जनमतका ६ र नाउपाका ४ सांसद छन् । मधेस प्रदेशमा जनमतको नेतृत्वमा सरकार छ ।
प्रतिक्रिया