देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

श्रीमानसँग विवादपछि शरीरमा पेट्रोल छर्केर आगो

देशान्तर

काठमाडौं । काठमाडौंको बालाजुमा एक महिलाले शरीरमा पेट्रोल छर्केर आगो लगाएकी छन् ।

बालाजुस्थित जागृति टोलकी ४५ वर्षीया बिना श्रेष्ठले आफ्नै शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ।

ती महिलाले गएराति करिब १० बजेतिर शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ । घरायसी विषयमा श्रीमानसँग विवाद भएपछि शरीरमा पेट्रोल छर्केर आगो लगाएको खुलेको छ । उनको पेट, छाती, घाँटी र बायाँ हातको भागमा जलेको छ ।

शरीरको करिब २५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ । ती महिलाको नयाँ बजारस्थित पिपल्स अस्पतालमा उपचार भइरहेको छ ।