काठमाडौं । गृह मन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । गृहमा रहेका तीनजना सहसचिवलाई विभिन्न जिल्लामा पठाइएको हो ।
गृह मन्त्रालयमा रहेका सहसचिव रामकृष्ण अधिकारीलाई जिल्ला प्रशासन कार्यालय तनहुँ पदस्थापन गरेको छ ।
तनहुँका सीडीओ श्यामकृष्ण थापालाई रामेछाप सरुवा गरिएको छ । यसैगरी, रामेछापबाट राजुप्रसाद पौडेललाई गृह मन्त्रालयमा तानिएको छ ।
गृहबाट बद्रीनाथ गैह्रेलाई दैलेखको जिम्मेवारी दिइएको छ ।
प्रतिक्रिया