काठमाडौं । आन्दोलनरत शिक्षकहरू र सरकारबीच आज पनि वार्ता हुने भएको छ । नेपाल शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच वार्ता हुन लगेको हो ।
यसअघि यी दुई पक्षबीच गए रातिसम्म वार्ता चलेको थियो । उक्त वार्तामा कुनै निष्कर्ष निस्कन भने सकेको थिएन । तर वार्ता सकारात्मक भएको शिक्षामन्त्री रघुजी पन्तले बताएका छन् ।
गए रातिको वार्तामा दुवै पक्षले आ–आफ्ना अडान राखे पनि केही लचिलो हुने संकेत गरका छन् । जसका कारण आजको वार्तामा सहमति भए शिक्षक आन्दोलन टुंगिन सक्ने बताइएको छ ।
वार्ता जारी रहँदा शिक्षक महासंघले आन्दोलन पनि जारी राखेको छ । शिक्षक आन्दोलनका कारण मुलुकको शैक्षिक गतिविधिमा ठूलो प्रभाव परेको छ । जसका कारण सरकारमाथि यो समस्या चाँडो समाधान गर्नुपर्ने दबाब छ ।
उता आन्दोलनमा उत्रिएका शिक्षकहरूलाई पनि आन्दोलन रोकेर कार्यक्षेत्र फर्कन दबाब बढेको छ ।
प्रतिक्रिया