देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गगन थापाविरुद्धको अवहेलना मुद्दा सपना मल्ल र नित्यानन्द पाण्डेयको इजलासमा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्धको अवहेलना मुद्दा कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधान र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा परेको छ ।

उक्त इजलासमा आज १४ वटा मुद्दाको सुनुवाइका लागि पेसी तोकिएकोमा थापाको अवहेलना मुद्दा सूचीको पहिलो नम्बरमा रहेको छ ।

आइतबार अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले थापाविरुद्ध अवहेलना मुद्दा दायर गरेका थिए ।

थापाले गत बिहीबार थापाले बिहीबार ५२ संवैधानिक नियुक्तिसम्बन्धी मुद्दा किनार नलगाएर सर्वोच्चले डिल गरिरहेको आरोप लगाएका थिए ।