देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मकवानपुर प्रहरी परिसरमा नवनिर्मित महिला व्यारेक भवनको उद्घाटन

देशान्तर

हेटौंडा, मकवानपुर — जिल्ला प्रहरी कार्यालय मकवानपुर परिसरमा निर्माण गरिएको नवनिर्मित महिला व्यारेक भवनको बुधबार उद्घाटन गरिएको छ। बागमती प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालयको बजेटबाट निर्माण सम्पन्न भएको उक्त भवनको उद्घाटन प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले गर्नुभयो।

उद्घाटन कार्यक्रममा मन्त्री लामिछानेले प्रहरीको कार्यक्षमता अभिवृद्धिका लागि प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणमा निरन्तर सहयोग गरिरहेको बताउनुभयो। कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामा, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कृष्ण हरि शर्मा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

सो अवसरमा प्रहरी वरिष्ठ हवल्दार ज्ञान बहादुर राई र प्रहरी हवल्दार असर्फिलाल साहलाई प्रशंसा पत्रसहित नगद पुरस्कार प्रदान गरिएको थियो।

तीनतले सो महिला व्यारेक भवन २०८० साल असोज ८ गते निर्माण कम्पनीसँग भएको सम्झौता अनुसार एक करोड ९१ लाख ९ हजार ४२ रुपैयाँको लागतमा निर्माण थालिएको थियो। केही डिजाइनमा परिमार्जन भएपछि कुल लागत एक करोड ९५ लाख ७३ हजार १४१ रुपैयाँ पुगेको हो।

भवनको भुइँतल्लामा दुईवटा महिला ब्यारेक, एक सभाहल र दुईवटा शौचालय/स्नानगृह छन्। पहिलो तल्लामा शौचालय तथा स्नानगृहसहित दुईवटा महिला ब्यारेक रहेका छन् भने दोस्रो तल्लामा एकवटा महिला ब्यारेक र दुईवटा शौचालय/स्नानगृहको व्यवस्था गरिएको छ।