देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राजावादीहरुको प्रदर्शनमा ४७ करोड बराबरको क्षति

देशान्तर

काठमाडौं । चैत १५ गते भएको राजावादीहरुको प्रदर्शनमा ४६ करोड बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो दिन ४६ करोड ९० लाख ८५ हजार रुपैयाँ भौतिक क्षति भएको छ ।
 
प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार सो दिन भएको हिंसात्मक आन्दोलनमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनमा पुगेको क्षति मात्रै ६ करोड ८७ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
 
सोही दिन काठमाडौंका विभिन्न ठाउँमा राखिएका सिसिटिभी क्यामेरामा मात्रै १० लाख ७१ हजार बराबरको क्षति पुर्याइएको प्रहरीले जनाएको छ । त्यस्तै, निजी घर, सुपर मार्केट, मिडिया, अन्य कार्यालयहरुमा तोडफोड हुँदा ३९ करोड ९२ लाख रुपैयाँको क्षति पुगेको छ ।
 
हाल उक्त आन्दोलनको नेतृत्व गरेको आरोपमा सो दिनको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

प्रसाईंबाहेक भाटभटेनीमा लुटपाट मच्चाउने, सार्वजनिक सम्पत्तिमा तोडफोड गर्नेहरुलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।