देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गभर्नर छनोट समितिका सदस्य डा. भट्टराईले दिए राजीनामा

देशान्तर


काठमाडौं । नेपाल राष्ट्र बैंकका लागि गभर्नर छनोटका लागि गठन भएको सिफारिस समितिका सदस्य तथा पूर्व गभर्नर डा. विजयनाथ भट्टराईले एक महिनासम्म एउटा बैठकसमेत बस्न नसकेकोमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका छन् ।

मन्त्रिपरिषद्ले गत चैत ११ गते उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो। समितिमा पूर्व गभर्नरका रूपमा भट्टराई र विज्ञ सदस्यका रूपमा विश्व पौडेल सदस्य रहेका थिए। समितिले एक जना डेपुटी गभर्नरलाई राखेर तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्ने र ती नाममध्येबाट सरकारले एक जनालाई गभर्नर नियुक्त गर्ने कानुनी प्रावधान छ ।

भट्टराईले समितिका संयोजक तथा अर्थमन्त्री पौडेललाई ह्वाट्सएपमार्फत राजीनामा पठाएको जानकारी दिएका छन् । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २४ गते सकिएको थियो । राष्ट्र बैंक ऐनको व्यवस्थाअनुसार सरकारले गत चैत ११ गते नै गभर्नर सिफारिस समिति गठन गरेको थियो।