काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले देशको परवाह नगर्ने, जनताको कुरा नसुन्ने अवस्थामा प्रधानमन्त्री ओली र उनको पार्टी एमाले रहेको बताएका छन् ।
कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजना गरिएको एक कार्यक्रममा भुषाले देश डुबाएर भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई नाम चाहिएको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले उल्टै आफ्नो पक्षमा बोलिदिउन् भनेर युवाहरुलाई सडकमा उतार्न लागेको बताए ।
उनले जनअपेक्षा पूरा हुन नसकिरहेको अवस्थामा सरकारप्रति प्रश्न गर्नेहरूलाई जवाफ दिन बैशाख ११ गते एमालेले युवाहरु उतार्न लागेको टिप्पणी गर । उनले भने– ‘११ गते आई लभ यू केपी बा भन्ने रे १, ‘कमरेड केपी हाम्रो हिसाब देऊ, भन्नुपर्ने हो ।
एमालेले अगामी वैशाख ११ गते ४० वर्ष मुनिका एक लाख युवालाई काठमाडौं उतारेर युवा उत्सव बनाउने घोषणा गरिसकेको छ । प्रधानमन्त्री ओलीविरुद्ध अहिले देशभर नै विश्वास नरहेको आरोप पनि भुषालले लगाए ।
प्रतिक्रिया