देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल आइपुगे चर्चित फुटबलर रोबर्टो कार्लोस

देशान्तर

काठमाडौं । ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् ।

कार्लोस दशरथ रंगशालामा जारी नेपाल सुपर लिग (एनएसएल)को खेल हेर्न नेपाल आएका हुन् ।

उनी धनगढी एफसी र पोखरा थान्डर्सबीचको दोस्रो क्वालिफायर खेल हेर्न मैदानमा पुग्नेछन् ।

५१ वर्षीय कार्लोसले ब्राजिलले सन् २००२ को फिफा विश्वकपको उपाधि जित्दा टिमका महत्त्वपूर्ण सदस्य थिए ।

उनले ब्राजिलबाट सन् १९९२ देखि २००६ सम्म खेलेका थिए ।