देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिपी कोइराला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपति नियुक्त

देशान्तर

काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. सञ्जीवकुमार शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी प्रदान गरिएको छ ।

प्रधानमन्त्री तथा कुलपति स्तरीय निर्णयानुसार प्रतिष्ठानका शिक्षाध्यक्ष शर्मालाई प्रतिष्ठानको दैनिक प्रशासनिक, शैक्षिक तथा आर्थिक कार्य गर्ने अधिकारसहित जिम्मेवारी दिइएको हो ।

नयाँ उपकुलपति सिफारिस भई नियुक्ति नभएसम्मका लागि निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएको प्रतिष्ठानका प्रवक्ता प्राडा अन्जु प्रधानले जानकारी दिइन् ।

शिक्षाध्यक्ष शर्माले यसअघि पनि निमित्त उपकुलपतिको जिम्मेवारी सम्हालेका थिए । डा. ज्ञानेन्द्र गिरीको उपकुलपतिको कार्यकाल गत चैत २६ गते समाप्त भएको थियो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा सह–प्राध्यापक डा. डबलबहादुर धामी नियुक्त भएका छन् ।

प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले यही वैशाख ४ गतेको निर्णयअनुसार रिक्त उपकुलपति पदको निमित्त जिम्मेवारीमा डा. धामीलाई दिइएको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका शिक्षाध्यक्ष (रेक्टर)समेत रहेका डा. धामीलाई शैक्षिक, प्रशासनिक र आर्थिक कार्य सूचारु गर्ने अधिकारसहति निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको हो ।

यसअघि प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलको पदावधि गत चैत २१ गते सकिएपछि उक्त पद रिक्त रहेको थियो ।