काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि अध्यक्ष राजेन्द्र लिङ्देनसहित सांसदहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राप्रपा संसदीय दलको कार्यालयबाट निस्किँदै गर्दा प्रहरीले लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई नियन्त्रणमा लिएको हो ।
राप्रपाले आज काठमाडौंमा प्रदर्शनको आह्वान गरेको थियो । राप्रपाका नेता तथा कार्यकर्ताहरु प्रदर्शनका लागि बानेश्वर–माइतीघर सडकमा भेला भएका छन् । निषेधित क्षेत्र तोड्ने उद्घोषसहित राप्रपा आन्दोलनमा उत्रिएको थियो ।
सरकारले काठमाडौंमा सिंहदरबार, संसद् भवन रहेको स्थान नयाँ बानेश्वर, नारायणहिटी संग्रहालय, उपराष्ट्रपति निवास, राष्ट्रपति निवास र प्रधानमन्त्री निवास वरपरका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
प्रतिक्रिया