देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसको नेतृत्वमा सरकार बने माओवादीले सघाउँछ : प्रचण्ड

देशान्तर

विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस–एमाले गठबन्धन सरकार धेरै लामो समय नटिक्ने भन्दै कांग्रेसको नेतृत्वमा सरकार बनेको खण्डमा माअ‍ोवादीले सघाउने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिंदै अध्यक्ष प्रचण्डले अहिलेकै अवस्थामा माओवादी सरकारमा पनि नजाने र सत्तारुढ दललाई सघाउन पनि नसकिने बताए ।

उनले हिजो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको तीन दलका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रको विषयमै कुराहरु उठाएको जानकारी दिए ।

अध्यक्ष प्रचण्डले गणतन्त्र सुदृढीकरण गर्ने विषयमा कसैको पनि दुईमत नरहेको पनि बताए । उनले दलहरुले राम्रो काम गरेर गणतन्त्रलाई थप सुदृढ गराउनुपर्ने र कामले यसलाई स्थापित गराउनुपर्ने पनि बताए ।