देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

व्यवस्थामा प्रहार गर्ने कुरा कुनै हालतमा क्षम्य हुँदैन : गृहमन्त्री

देशान्तर

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि गर्नेलाई निस्तेज गर्नु प्रमुख दायित्व भएको बताएका छन् ।

शुक्रबार पोखरामा प्रादेशिक आपतकालीन गोदामघर हस्तान्तरण कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।

अहिलेको संविधान र व्यवस्थाको सुरक्षा प्रमुख जिम्मेवारी भएको उनको भनाइ छ ।

पूर्वराजाका नाममा वा कुनै समूहका नाममा संविधानमा, व्यवस्थामा प्रहार गर्ने कुरा कुनै पनि हालतमा क्षम्य नहुने उनले बताए ।

ठूलो बलिदानबाट यो संविधान र व्यवस्था बनेको गृहमन्त्री लेखकको भनाइ थियो ।

साना साना संशोधन हुन सक्ने भए पनि कुनै पनि हालतमा पश्चगामी हुन नसक्ने गृहमन्त्री लेखकले बताए । ‘हामी संशोधन गर्छौं, यो हुन्छ । सहमतिका आधारमा संविधान संशोधन गर्छौं र लोकतान्त्रिक संघीयता व्यवस्थालाई बलियो बनाउँछौं,’ गृहमन्त्री लेखकले भने ।