देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनको मूल्यमा गिरावट, कतिमा हुँदै छ कारोबार ?

देशान्तर

काठमाडौं । नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज भने घटेको छ । आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन तोलाको एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।