देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शुद्धोधन गाउँपालिका अध्यक्षमाथि गोली प्रहार

देशान्तर

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार भएको छ । गए राति आफ्नै निवासमा उनीमाथि गोली प्रहार भएको हो ।

गए राति साढे ११ बजे आसपास शौचालय गएर फर्कने क्रममा उनीमाथि गोली प्रहार भएको जनाइएको छ । प्रहरीका अनुसार उनीमाथि उनको घरको कम्पाउन्डबाहिरबाट गोली प्रहार भएको थियो ।

घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।