वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहानदेखि वीरगन्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगन्जको शान्तिसुरक्षाको स्थिति सामान्य भएकाले आज बिहान ७ः०० बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।
“स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६(३क) बमोजिम वीरगन्ज महानगरका केही क्षेत्रमा वैशाख १ गतेदेखि निषेधाज्ञा आज बिहान ७ः०० बजेदेखि लागु हुने गरी हटाउने निर्णय भएको छ,’ जिल्ला सुरक्षा समितिको निर्णयमा भनिएको छ ।
गत शनिबार हनुमान जयन्तीका अवसरमा आयोजित शोभायात्रामा दुईपक्षबीच झडप भएपछि महानगरका विभिन्न भागमा निषेधाज्ञा जारी गरिएको थियो ।
प्रतिक्रिया