देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राजावादीहरुको कार्यक्रमस्थल तीनकुनेमा तनाव

देशान्तर


काठमाडौं– काठमाडौँको तीनकुनेमा राजावादीहरुको प्रदर्शनमा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ।

राजावादी समर्थकहरूले निषेधित क्षेत्र तोडेर तीनकुनेबाट बानेश्वरतर्फ आउन खोज्दै प्रहरीमाथि ढुंगा प्रहार गर्न थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । यसअघि प्रहरीले भिड नियन्त्रणका लागि पानीको फोहोरा प्रहार गरेको थियो।

राजावादी पक्षको प्रदर्शनको नेतृत्व मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरिरहेका छन्। सो प्रदर्शनलाई राप्रपालगायत राजावादी दलहरूको समर्थन छ। प्रदर्शनकारीलाई प्रशासनले तीनकुनेमा सभा गर्न ठाउँ उपलब्ध गराएको हो।