काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारको प्रदर्शनलाई लिएर अनावश्यक रुपमा प्रचारवाजी गरिएको बताएका छन् । महिला उद्यमी महासङ्घको आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको बिहीबार उद्घाटन समारोहलाई ललितपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आन्दोलनका नाममा के के हुँदैछ भनेर त्रास फैलाइएको बताए ।
उनले भने– चैत १५ गते काठमाडौँका दुई स्थानमा हुने जुलुस र सभा हुन्छ, सकिन्छ । एउटा जुलुस निस्किएर भृकुटीमण्डपमा सभा हुन्छ, एउटा कोटेश्वरमा सभा हुन्छ, हुने त्यत्ति हो । तिललाई पहाड बनाउन आवश्यक छैन। विपक्षी पार्टीहरुले नचाँहिदो विषयमा अत्तो थापेर सदन अवरुद्ध गरेको भन्दै प्रधानमन्त्री ओलीले गैह्रविषयलाई विषय बनाएर एक निकायको कर्मचारी हेरफेरको सवालमा सदन अवरुद्ध गर्न नहुने बताए ।
प्रधानमन्त्री ओलीले चैत १८ गतेभित्र अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयक पारित गर्ने स्थितिमा त्यसलाई प्रभावित पार्न सदन अवरुद्ध गरिएकामा चिन्ता व्यक्त गरे । ‘
प्रतिक्रिया