देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सूचना टाँसेर ३ घण्टा पछि सारियो प्रतिनिधिसभाको बैठक

देशान्तर


काठमाडौं । बिहिबार बिहान ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ ।

सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएछि नेकपा (माओवादी केन्द्र)सहितका विपक्षी दलहरुले विरोध गरेपछि बुधबारबाटै संसद् चल्न सकेको छैन ।

बुधबार पनि बिहान ११ बजेका लागि बोलाइएको बैठकमा दलहरुले अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित भएको थियो । तर समयमा सुरु हुन नसकेपछि अपराह्न तीन बजेका लागि सारिएको बैठकमा विपक्षी दलहरुले दलले पुनः अवरोध गरेपछि बिहीबार ११ बजेसम्मका लागि स्थगित भएको थियो ।