काठमाडौं । जिल्ला समन्वय समिति, काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतम बैंकिङ कसुरको आरोपमा पक्राउ परेका छन् । प्रहरी वृत्त, बानेश्वरले उनलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीन वटा जाहेरी परेको थियो । काभ्रेमा पनि उनीविरुद्ध ३ वटा जाहेरी परेको छ । विभिन्न व्यक्तिसँग आर्थिक लेनदेनका क्रममा गौतमले जारी गरेका चेक नसाटिएपछि उनीविरुद्ध बैंकिङ कसुरको मुद्दा दर्ता भएको थियो ।
प्रतिक्रिया