देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रियसभाको बैठक पनि अवरुद्ध

देशान्तर


काठमाडौँ– प्रतिपक्ष दलहरुले राष्ट्रियसभाको बैठक अवरुद्ध गरेका छन् । प्रतिपक्ष दलका सांसदहरुले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोप्रति विरोध जनाउँदै बैठक अवरुद्ध गरेका हुन ।

प्रतिपक्षी सांसदहरुले निर्देशक घिसिङलाई हटाउनुपर्ने कारणबारे प्रधानमन्त्रीले सभालाई जानकारी गराउनुपर्ने माग राखेका थिए । सांसदहरूले उठेर विरोध जनाएपछि राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले सहज रूपमा बैठक सञ्चालन गर्न आग्रह गरेका थिए । तर सांसदहरूले उठेर विरोध जनाएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।