काठमाडौं । विपक्षी दलहरूले आज प्रतिनिधिसभामा अवरोध गरेका छन् । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएकोमा विरोधमा विपक्षी दलहरुले संसदमा अवरोध गरेका हुन् ।
बुधबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै सबै विपक्षी दलका सांसदहरूले उठेर अवरोध गरेका थिए । विपक्षीहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतलाई बोल्न समय दिए । सांसद बस्नेतले स्वार्थ समूहको इच्छा पूरा गर्नका लागि घिसिङलाई कार्यकारी निर्देशकबाट हटाएको आरोप लगाए ।
यस अगाडि बुधबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले घिसिङलाई हटाइएकोमा सदन र सडकबाट सरकारको विरोध गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया