काठमाडौं । सुनसरीको इटहरीको मुख्यचोकमा रहेको सेन्ट्रल प्लाजामा आज बिहान १० बजेतिर भीषण आगलागी भएको छ ।
नेपाल प्रहरी, वारुण यन्त्र कर्मचारी र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको इलाका प्रहरी कार्यालय, इटहरीले जनाएको छ । आगलागी नियन्त्रणमा इटहरी उपमहानगरपालिका, दुहबी, बराहक्षेत्र र रामधुनी नगरपालिकाबाट आएका दमकल प्रयोग गरिएको छ ।
आगलागीको कारण खुल्न सकेको छैन । प्लाजामा क्यूएफएक्स सिनेमा घर, बरन्डा होटल, बैंक र अन्य व्यापारिक प्रतिष्ठानका कार्यालय छन् ।
प्रतिक्रिया