देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिंहदरबारमा विपक्षी दलहरूको बैठक, राप्रपा ‘बाइकट’

देशान्तर

काठमाडौं नेकपा माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहदरबारमा विपक्षी दलहरूको बैठक बसेको छ । बैठकमा राप्रपालाई भने सहभागी गराइएको छैन ।

बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपाध्यक्ष डा. स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार, नेपाल समाजवादी पार्टी, नेपालका अध्यक्ष महीन्द्रा राय यादव सहभागी छन् ।

समाजवादी मोर्चाले यही चैत १५ गते काठमाडौंमा राजतन्त्रको विरोध र गणतन्त्रका पक्षमा प्रदर्शन तथा आमसभा गर्दै छ। त्यसकै तयारीका लागि संविधान र गणतन्त्र पक्षधर दलहरूको बोलाइएको हो ।

समाजवादी मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी छन्।

केही समययता राप्रपालगायत दल तथा राजावादी समूहले राजसंस्था पुनःस्थापनाका पक्षमा प्रदर्शन चर्काउन थालेपछि विपक्षमा रहेका गणतन्त्र पक्षधर राजनीतिक दलहरू पनि एकजुट भएका हुन् ।