काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइराला निडर र जुझारु व्यक्तित्व भएको भन्दै आफू पार्टी सभापति हुनमा कोइरालाको ठूलो योगदान रहेको बताएका छन् ।
सुजाता कोइरालाले लेखेको ‘म र सानोबुबा’ नामक पुस्तकको विमोचन गर्न आज काठमाडौँमा आयोजित कार्यक्रममा देउवाले गिरिजाबाबुले आफूले विभाजन गरेको पार्टी एकीकरणको प्रस्ताव नराखेको भए आफू कांग्रेसको सभापति बन्न नसक्ने बताए ।
देउवाले आफ्नो र गिरिजाबाबुको सम्बन्धमा धेरै उतारचढाव रहेको पनि बताए । गिरिजाबाबु जुझारु र कहिले नथाक्ने मान्छे आफूले नदेखेको पनि देउवाले बताए । देउवाले ओली नेतृत्वको वर्तमान सरकारलाई नेपाली कांग्रेसको पूरापूर सहयोग रहेको पनि बताए । उनले ओली र आफू विगतमा संगै जेल बसेको पनि स्मरण गर्दै ओलीसँगको सम्बन्ध सौहार्दपूर्ण रहेको पनि बताए ।
प्रतिक्रिया