काठमाडौं । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्री केपी ओलीविरुद्धको नारा डिस्प्ले भएपछिकेही व्यक्तिहरुले केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि कुटपिट गरेका छन् ।
प्राधिकरणको डिजिटल बोर्डमा मंगलबार बिहान ‘केपी‘ देश छोड’ को नारा डिस्प्ले भएको थियो । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेपछि उक्त नारा डिस्प्ले भएको बताइएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले डिजिटल बोर्डमा कसरी प्रधानमन्त्रीविरूद्ध नारा डिस्प्ले भयो भन्ने विषयमा २४ घण्टाभित्रमा प्रतिवेदन बुझाउन निर्देशन दिएका छन्। नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ र अनेराश्ववियुले विज्ञप्ति जारी गरेर प्राधिकरणले राज्यविरूद्ध र अनुशासनहिन काम गरेको भन्दै निन्दा गरेका छन्।
प्रतिक्रिया