देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कुलमान हटाएको विरोधमा काठमाडौंमा प्रदर्शन

देशान्तर


काठमाडौं । सरकारले कुलमान घिसिङलाई हिजो नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विरोध र कुलमानको समर्थनमा आज माइतीघरमा प्रदर्शन भएको छ ।

हिजो चैत १० गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गरेको थियो । आयोजक नेपाली जनता’ लेखिएको ब्यानर बोकेका प्रदर्शनकारीहरुले भ्रष्ट सरकार चाहिदैंन, लोडसेडिङ गर्न पाईर्दैन, उर्जा मन्त्री राजीनामा दे लगायतका नाराहरु लगाएका छन् ।

प्रदर्शनकारीहरुले ‘कता हिँडेको बिजुली मारेर, कुलमान फालेर’, ‘सिंगो नेपाल के भन्छ, कुलमान घिसिङ ल्याऊ भन्छ’, ‘देशलाई अन्धकारमा धकेल्न पाइँदैन’लगायतका प्लेकार्ड समेत बोकेका थिए। माइतीघरबाट शुरु भएको जुलुस नयाँ बानेश्वरतर्फ अगाडि बढेको थियो ।