देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रतिपक्षहरु सरकारलाई बदनाम गर्न लागिपरेका छन् : प्रधानमन्त्री ओली

देशान्तर


काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको प्रतिपक्ष कसरी आफू बाहेक अरु र सरकारलाई बदनाम गर्न सकिन्छ भनेर लागिपरेको आरोप लगाएका छन् । उनले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्न नदिनेहरू सरकारविरुद्ध लागिपरेको पनि बताए ।

ललितपुरमा प्रगतिशील इन्जिनियरिङ एसोसिएसनको राष्ट्रिय अधिवेशनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वैधानिक प्रतिपक्ष, संवैधानिक प्रतिपक्षको भूमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने भए पनि त्यसो नभइरहेको बताए ।

प्रतिपक्षले सरकारलाई कसरी बद्नाम गर्न सकिन्छ, कसरी सत्यलाई ढाक्न, झुटलाई फैल्याउन सकिन्छ, यस्ता कुरामा सक्रिय देखिएको प्रधानमन्त्री ओलीको भनाई छ । उनले २०४६ सालको परिवर्तनपछि देश तीव्र गतिमा अघि बढिरहेको दावी पनि गरे ।