देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतबारे ओलीले गरेको भनिएको टिप्पणी निराधार र अतिरञ्जित :एमाले

देशान्तर


काठमाडौं । नेकपा (एमाले)ले नेपाल र भारतका केही सञ्चारमाध्यममा चैत ४ गते बसेको एमाले सचिवालय बैठकमा राजावादीको प्रदर्शनलाई प्रधानमन्त्री ओली भारतप्रति आक्रामक बनेको दाबीसहितका समाचार प्रकाशित भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै ती समाचारले अनावश्यक रूपमा सनसनी फैलाउने एवम् नेपाल र भारतबीचको युगौँ पुरानो सम्बन्धमा आशङ्का बढाउने दुराशय बोकेको स्पष्ट पारेको छ ।


एमालेका महासचिव शंकर पोखरेल आज एक विज्ञप्ति जारी गर्दै पूर्वराजावादीहरूको केही दिन अगाडिको प्रदर्शनलाई लिएर प्रधानमन्त्रीले भन्नुभएको भनेर प्रकाशित गरिएका विषय निराधार र अतिरञ्जित भएको उल्लेख गर्दै तिनले अनावश्यक सनसनी फैलाउने एवं नेपाल र भारत बिचको युगौँ पुरानो सम्बन्धमा आशंका बढाउने दुराशय बोकेको समेत उल्लेख गरेका छन् ।

महासचिव पोखरेलले इतिहासको पांग्रालाई पछाडि फर्काउने कुनै पनि प्रयासलाई नेपाली जनताले सहजै विफलु पारिदिने विश्वास आफूहरूको रहेको पनि बताएका छन् ।

ूनेपालको संविधान र हामीले अवलम्बन गरेको लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सार्वभौम चयनको विषय हो । संसारका कुनै पनि लोकतान्त्रिक मुलुक र जनता लोकतन्त्रका ठाउँमा निरंकुशतन्त्रलाई प्रश्रय दिन सहमत हुन सक्दैनन् भन्ने कुरामा हामी स्पष्ट छौँ, विज्ञप्तिमा भनिएको छ ।

एमाले र पार्टी नेतृत्वको वर्तमान सरकार नेपाल–भारत सम्बन्धलाई अझ प्रगाढ बनाउन प्रतिबद्ध रहेको भन्दै विज्ञप्तिमा कुनै विषय भए कूटनीतिक माध्यमबाट समाधान गर्न र बलियो विकास साझेदारी अगाडि बढाउन प्रतिबद्ध छ, उल्लेख छ ।