देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्वविद्यालयमा झैझगडा र तालाबन्दीको विषय झनै पेचिलो : शिक्षामन्त्री

देशान्तर


काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बिद्या भट्टराईले पछिल्लो समयमा विश्वविद्यालयमा झैझगडा र तालाबन्दीको विषय झनै पेचिलो बन्दै गइरहेको बताएकी छन् ।

प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयमाथिको दफावार छलफलमा आज मन्त्री भट्टराईले क्यालेण्डर, जनशक्ति व्यवस्थापन, तालाबन्दी, झैझगडालगायतका कुराहरु विश्वविद्यालयमा मुख्य समस्याको रुपमा देखिएको बताएकी छन् ।

यी समस्याको समाधान विधेयकमै समेटेर अगाडि बढ्नुपर्ने उनको भनाई छ । उनले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई मानक विश्वविद्यालयको रुपमा स्थापित गर्नेगरी कानुन बनाउन पनि सुझाव दिएकी छन् ।