देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ज्ञानेन्द्र शाहलाई पार्टी सभापति बनाउन देउवाको राप्रपालाई सुझाव

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व राजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक व्यक्ति नभएको र हुन पनि नसक्ने बताएका छन् ।

पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ज्ञानेन्द्र शाहलाई पार्टी सभापति बनाउन राप्रपालाई सुझाव पनि दिएका छन् ।

उनले भने– ‘ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक मान्छे पनि होइनन्। बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ, पूर्वराजाले राजनीति नै गर्नु छ भने पार्टी खोलेर गरे भइहाल्यो नि। तर, त्यो पार्टीमा लाग्नेले पनि धेरै दुःख पाउँछन्। राप्रपाले पनि दुख पाउँछ।