देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विसं २०८४ सम्म प्रधानमन्त्रीको दौडमा छैन : अध्यक्ष दाहाल

देशान्तर

वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू २०८४ सालसम्म प्रधानमन्त्रीको दौडमा नरहेको बताएक छन् ।

प्रेस सेन्टर पर्साले वीरगन्जमा आज आयोजना गरेको ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’का क्रममा वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भने, ‘म अब २०८४ सालसम्म प्रधानमन्त्री हुन्न । म जनतासँगै रहन्छु । जनताका समस्या सदनमा उठाउँछु ।’

पूर्वप्रधानमन्त्री दाहालले सरकारमा हुँदा एउटा र सरकारबाहिर हुँदा अर्को भन्ने कुरा माओवादी केन्द्रको हकमा लागू नहुने उल्लेख गरे । ‘हामीले सरकारमा हुँदा भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याएका थियौँ,’ उनले भने ।

अध्यक्ष दाहालले पत्रकार सम्मेलनअघि वीरगन्जमा ‘माओवादीसँग समुदाय’ संवाद कार्यक्रममा तराई–मधेस हुलाकी राजमार्ग केन्द्रित जागरण अभियानअन्तर्गत झापादेखि पर्सासम्म आइपुग्दा हुलाकी राजमार्गलाई अघि बढाउने कार्यमा अफ्नो पहल कदमी रहेको बताए ।

फरक प्रसंगमा अध्यक्ष दाहालले वीरगन्जको मुख्य सडक छेउमा बसोवास गर्ने जनतालाई विस्थापित गर्न नहुने धारणा राखे । ‘वीरगञ्जमा बाइपासलगायत ठूला संरचनाका सडक तयार भइसकेका छन् । तर जनतालाई विस्थापित गर्ने गरी सडक विस्तार अभियान अघि बढाउन हुँदैन,’ उनले भने ।