काठमाडौं । पद्मकन्या क्याम्पस (पीके) को स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघलाई पराजित गर्दै नेविसंघकै बागी (स्वतन्त्र) उम्मेदवार भूपेश्वरी ऐर निर्वाचित भएकी छिन् ।
नेविसंघले पीकेमा पूर्णिमा परियारलाई उम्मेदवार बनाएको थियो । तर, बागी उम्मेदवारी दिएकी ऐर प्यानलैसहित निर्वाचित भएकी हुन् । सचिवमा ऐर समूहबाटै सन्ध्या बस्यालले र कोषाध्यक्षमा संकल्पिका थापाले निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरूमा उर्वशी पाण्डे, चेतना महर्की, अस्मिता विक, स्वस्तिका विष्ट, आशु चौधरी, आकृति पाण्डे, निशा कार्की, र यानसु कटवाल निर्वाचित भएका छन् ।
परियार संस्थापन पक्षको उमेदवार हुन् भने निर्वाचित ऐर महामन्त्री गगन थापा पक्षधर भएको बताइन्छ । नेविसंघ केन्द्रले पनि सुरुमा ऐरलाई नै टिकट दिएको थियो । तर, बुढानिलकण्ठको दबाबमा पछि परियारलाई समर्थन गराइएको थियो ।

प्रतिक्रिया