देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लिम्पियाधुरा, लिपुलेक र कालापानी समस्या कुटनीतिक माध्यमबाट समाधान गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

देशान्तर


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग भारतसँग कुटनीतिक वार्ताको माध्यमबाट समाधान गर्ने बताएका छन् ।

नेपाल र भारतले संयुक्त रूपमा गठन गरेको प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन भारतले बुझ्न नचाहेका कारण समस्या समाधान हुन नसकेको उनको भनाई छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले इपिजीे प्रतिवेदन दुवै देशको समझदारी र सहमतिमा बुझ्ने बताएका हुन । 

प्रधानमन्त्री ओलीले इपिजी प्रतिवेदन बुझ्ने सम्बन्धमा यसअघिका भेटघाटमा मित्रराष्ट्र भारत सरकारको उच्च तहमा यो विषय उठाइएको पनि जानकारी दिंदै उनले अन्य सन्दर्भमा कूटनीतिक पहल भइरहेको बताए । 

प्रधानमन्त्री ओलीले इपिजी समूहले नै सुरुमा भारतका प्रधानमन्त्रीलाई र त्यसपछि मात्र नेपालका प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने समझदारी भएको जानकारी दिंदै समझदारीमार्फत दुवै पक्षबाट यो प्रतिवेदन बुझ्नेतिर लाग्ने बताए । 
नेपालको चुच्चे नक्साको विषयमा जवाफ दिँदै ओलीले इस्वी संवत् १९६२ अघिसम्म नेपालको अधीनमा रहेको भूभागको नक्सा हाल कायम रहेको नक्सा नै यथार्थ भएको बताए।