काठमाडौं । काठमाडौंको बागबजारस्थित पद्मकन्या क्याम्पस (पिके)मा आज स्ववियु निर्वाचन भइरहेको छ ।
चैत ५ गतेका लागि तय भएको निर्वाचन विवादका कारण स्थगित भएपछि आज मतदान भएको हो ।
अहिले शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । निर्वाचन कमिटीले भोट हालेको विद्यार्थीको कार्ड भोलि दिने गरि राखेको छ । मतदानस्थलमा पत्रकारलाई समेत प्रवेश निषेध गरिको छ ।
पद्मकन्या क्याम्पसमा नेविसंघबाट पूर्णिमाया परियार सभापतिको उम्मेदवार छिन् । केन्द्रले परियारलाई टिकट दिएपछि नेविसंघबाटै भूपेश्वरी ऐर (भूपि)का नेतृत्वमा बागी उम्मेदवारी परेको छ ।
यता, एमाले र मओवादीनिकट विद्यार्थी संगठनहरू अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले भने गठबन्धन गरेका छन् ।
सभापतिमा अनेरास्ववियुबाट सुनिता घिमिरेको उम्मेदवारी छ भने अनेरास्ववियु क्रान्तिकारीबाट सचिव पदमा सदीक्षा पोखरेल उम्मेदवार छिन् ।
नेविसंघका दुई प्यानल भए पनि अखिल र क्रान्तिकारीको गठबन्धनलाई पराजित गर्न सकिने नेविसंघकी एक उम्म्दवारले दाबी गरिन् ।
प्रतिक्रिया