देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेवि संघ ९९ क्याम्पसमा विजयी हुँदा अखिल ८६ स्थानमा विजयी (सूचीसहित)

देशान्तर

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन स्ववियूको नतिजा आउने क्रम जारी रहेको छ ।

पछिल्लो परिणाम अनुसार कांग्रेसनिकट नेपाल विद्यार्थी संघ ९९ क्याम्पसमा जित दर्ता गर्न सफल भएको छ ।

यीमध्ये केहीमा सर्वसम्मत र केहीमा निर्वाचनको माध्यमबाट सभापति चुनिएका हुन् ।

नेवि संघबाट कहाँ को चुनिए ?

त्यस्तै, अहिलेसम्म प्राप्त परिणाम अनुसार अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले ८६ क्याम्पसमा जित दर्ता गरेको छ ।

यी मध्ये केहीमा निर्विरोध निर्वाचित भएका हुन् भने केहीमा चुनाव नै भएको थियो ।

अनेरास्ववियुका अनुसार कोशी प्रदेशमा १५, मधेशमा ३ र बागमतीमा २० क्याम्पसमा जित हासिल गरेको छ ।

यस्तै गण्डकीमा ९, लुम्बिनीमा १७, कर्णालीमा ८ र सुदूरपश्चिममा ११ क्याम्पसमा अनेरास्ववियुले जित निकालेको छ ।

अखिलबाट कहाँ को चुनिए ?