काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा केही सांसदहरुले सरकार गठन भएको सात महिना हुँदा पनि प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति सार्वजनिक नगरेको बिषय उठाएका छन् ।
बैठकमा ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रश्तावमाथि विरोधको सूचना दिँदै उनीहरुले यो बिषय उठाएका हुन् ।
बैठकमा बोल्दै आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले सरकार बनेको सात महिना बित्दा पनि प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक नगर्नु सरकार पारदर्शीतामा जिम्मेवार नरहेको पुष्टि भएको बताए ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारमा बसेकाहरुको सम्पत्ति अहिलेसम्म सार्वजनिक नगर्नुले पनि सरकारले सुशासनको कुरा गर्दा पत्याउन नसकिने बताए ।
कानुन अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिले नियुक्त भएको ६० दिन भित्र सम्पत्ति विवरण पेश गर्नुपर्ने व्यवस्था छ ।
प्रतिक्रिया