देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रतिनिधिसभा : सरकारका प्रतिनिधि नआएको भन्दै माओवादीको आपत्ति, बैठक स्थगित

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले बैठकमा सरकारका प्रतिनिधि नभएको भन्दै आपत्ति जनाएपछि प्रतिनिधिसभाको बैठक सुरु नहुँदै स्थगित भएको छ ।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सभामुख देवराज घिमिरेले बैठक सुरु भयो भन्नेबित्तिकै सरकारका प्रतिनिधि बैठकमा उपस्थित नभएको भन्दै आपत्ति जनाएका थिए ।

त्यसपछि सभामुख घिमिरेले नियमावलीमा भएको व्यवस्थाअनुरुप सरकारको प्रतिनिधि अनिवार्य उपस्थित हुनुपर्ने भन्दै बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले सरकारले सदनलाई हेपिरहेको बताए । उनले भने, ‘सरकारले सदनलाई हेपिरहेको छ । जनप्रतिनिधिहरूको संस्थालाई हेपिरहेको छ ।

समिति र उपसमितिका बैठकमा विपक्षीहरू उपस्थित भएपनि सरकारका प्रतिनिधि उपस्थित भएका थिएनन् । आज त सदनमै सरकारका प्रतिनिधि देखिएनन् ।’

उनले सरकारका प्रतिनिधि नभई नियमावलीमा भएको व्यवस्थाअनुसार बैठक बस्न नसक्ने बताएका थिए ।