देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तोसिमा कार्कीले जितिन् मुद्दा, सांसद पद सुरक्षित

देशान्तर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीको सांसद पद सुरक्षित भएको छ ।

कार्कीको उम्मेद्‌वारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको हो । न्यायाधीशहरू डा।.मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले कार्कीको उम्मेद्‌वारी खारेज गर्ने आयोगको साढे दुई वर्षअघिको निर्णय खारेज गरेको हो ।


त्यतिबेला सर्वोच्च अदालतकै अन्तरिम आदेशका कारण कार्कीको उम्मेद्‌वारी यथावत भएको थियो र प्रतिस्पर्धामा ललितपुर–३ बाट उनी निर्वाचित भएकी थिइन् । निर्वाचन आयोगले कार्कीले मुद्दा लड्न नपाउने भन्दै गरेको निर्णयविरुद्ध उनले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । सर्वोच्चले निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण रहेको फैसला गरिदिएको हो ।