काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारका काण्डहरूको छानबिनमा सत्तापक्ष वा प्रतिपक्ष नहुने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सबै काण्डको छानबिन र दोषीमाथि कारबाहीका लागि साझा प्रतिबद्धता चाहिने बताए । सांसद थापाले नागरिकका असन्तुष्टि सम्बोधन पनि सत्तापक्ष र प्रतिपक्षको साझा मुद्दा हुनुपर्ने बताए । महामन्त्री थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिदै उनले नेपाली कांग्रेस र नेकपा (एमाले)को सरकारले विश्वासको वातावरण बनाउनुपर्ने बताए । त्यसका लागि उनले यी कुरामा प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराए ।
थापाले लोकतन्त्रप्रति प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको प्रतिबद्धताको पनि सराहना गरे । थापाले प्रचण्डले लोकतन्त्र र संविधानप्रति गरेको चिन्ताको सराहना गरेका हुन् । तर उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री भएका बेला कांग्रेस र एमालेलाई मिलेर सरकार चलाउन दिनुभएको होइन ? भनी प्रश्न पनि गरे । उनले सबै मिलेर ल्याएको संविधान र व्यवस्था जोगाउन उत्तिकै प्रतिबद्ध रहेको भन्दै कांग्रेस संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा पुग्नु कुनै एक घटना मात्र कारण नरहेको बताए । थापाले जनता असन्तुष्ट रहेको स्वीकार गरे पनि सरकारसँग असन्तुष्ट नभएको दाबी गरे । उनले सरकारले नचाहिने कुरामा हात हाल्न नहुने बताए ।
थापाले सरकारले कसैलाई काखा र पाखा नगरी कानुन सवका लागि बराबरी हुन्छ भन्ने विश्वासको वातावरण बनाउनुपर्ने बताए । उनले सरकारले सवै राजनीतिक दल र नागरिकको विश्वास जित्नुपर्ने तथा सहकारी, मानव वेचविखन, क्याम्पस तोडफोड लगायतका घटनामा तिराउने दण्ड जरिवाना पनि निष्पक्ष हुनुपर्ने बताए ।
प्रतिक्रिया