काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र प्रचण्ड र व्यक्तिका रुपमा ज्ञानेन्द्र शाहको बराबर रहेको हुँदा त्यसलाई गलत ढंगले प्रयोग नगर्न चेतावनी दिएका छन् । प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले पूर्वराजालाई उदारतालाई कमजोरी नठान्न चेतावनी पनि दिए । उनले राजावादीहरु सडक र सदनमा पनि भएको हुँदा सरकारको कुशासनले पनि जनता सडकमा उत्रिन बाध्य भएको बताए । उनले सत्तामा रहेका पार्टीको शासकीय शैली नै यसको मूल कारण भएको दाबी गरे । उनले लोकतन्त्र र राजतन्त्रको तुलना नै हुन नसक्ने बताए । प्रचण्डले राजावादीहरूको चहलपहलका पछाडि देशभित्र र बाहिरका चलखेल मिसिएको दाबी गरे । वर्षौंसम्म बन्द कोठामा समेत राजतन्त्र पुनस्थापनाको सपना देख्न डराएकाहरु आज सडकमै ओर्लिएको उनले बताए ।
प्रचण्डले आफूले सदनमा सम्बोधन गर्दा प्रधानमन्त्री केपी शर्मा ओली लगातार अनुपस्थित बनेको भन्दै असन्तुष्टि पनि पोखे । रास्वपा सभापति रवि लामिछानेलाई संसदमा उपस्थित हुन नदिइएकोमा पनि उनले आक्रोश व्यक्त गरे । उनले संसद् सञ्चालनमा प्रतिपक्षीलाई दिइएको स्पेसबारे पनि गम्भीर हुन सत्तारुढ दलहरूलाई आग्रह गरे । प्रचण्डले अहिले मुलुकका सबै क्षेत्र आन्दोलनमा उत्रनु पर्ने अवस्था बनेको बताए । उनले नेपालमा नेपालमा प्रतिक्रान्तीको तरबार चलाउन खोजिएको बताए ।
सरकारका गलत क्रियाकलातिर र अर्कोतिर प्रतिगामी चलखेलका विरुद्ध एकैसाथ जुध्नुपर्ने स्थिति सिर्जना भएको उनले बताए । प्रचण्डले पछिल्लो ८ महिनामा भएका सबै नीति, निर्णय र नियुक्तिमा विचौलियाको हस्तक्षेप भएको आरोप पनि लगाए । उनले यो ८ महिनामा विचौलियाबिना भएको एउटै मात्रै उदाहरण दिन पनि आग्रह गरे । उनले अहिलेको सत्ताको ड्राइभिङ सिटमै विचौलिया रहेको जिकिर गरे ।
प्रतिक्रिया