देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पूर्वराजा शाहको स्वागतसहित राजावादी समूहको शक्ति प्रदर्शनको तयारी

देशान्तर

काठमाडौं । पोखरा बाट काठमाडौं फर्किन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतसहित राजावादी समूहले शक्ति प्रदर्शनको तयारी गरेको छ । पूर्वराजा शाह आज दिउँसो हवाईमार्ग हुँदै काठमाडौं विमानस्थलमा ओर्लिंदै छन् ।
पूर्वराजा शाह अपराह्न ३ बजे हवाईमार्ग हुँदै पोखराबाट काठमाडौं आउने कार्यक्रम छ ।

काठमाडौं ओर्लिनासाथ विमानस्थल, गौशाला, चाबहिल, महाराजगन्जचोक हुँदै निर्मल निवास पु¥याउने तयारी गरिएको राजावादी समूहले जनाएका छन् । शाह पोखराबाट काठमाडौं आउँदा हुने स्वागत ¥यालीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी नहुने भएका छन् । पार्टीले यसको जिम्मा प्रमुख सचेतक ज्ञानेन्द्र शाही र प्रवक्ता मोहन श्रेष्ठलाई दिएको छ ।

यसैबीच काठमाडौंमा सुरक्षाअवस्था कडा गरिएको छ । राजावादी समूहले शक्ति प्रदर्शन गर्ने क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । भिड अनियन्त्रित हुन नदिन र अवाञ्छित क्रियाकलाप रोक्न सुरक्षाकर्मीहरुलाई ‘हाई अलर्ट’मा राखिएको छ । राजावादी समर्थकहरु गौशाला र तीनकुने क्षेत्रमा भेला भएर पूर्वराजा शाहलाई स्वागत गर्न सिनामंगलस्थित विमानस्थलको मुख्य गेटतर्फ अगाडि बढ्ने छन् । त्यहाँबाट शाहसँगै ¥याली निर्मल निवाससम्म पुग्नेछ ।

आजको प्रदर्शनलाई लक्षित गर्दै नेपाल प्रहरीको काठमाडौं स्थित विभिन्न गण र गुल्मबाट थप मद्दत टोली तैनाथ हुँदैछन् ।
सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेनगेटबाट विमानस्थल प्रवेशमा कडाइ गरिएको छ । आज दिउँसो तीनकुनेदेखि गौशालासम्मको सवारी आवागमन अस्तव्यस्त रहने ट्राफिक महाशाखाले जनाएको छ ।