देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त

देशान्तर

काठमाडौं । सरकारले एमाले नेता अग्नि खरेललाई प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञ सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले खरेललाई विज्ञ सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो । विज्ञ सल्लाहकारले मन्त्रीसरह सुविधा पाउँछ ।

खरेललाई प्रधानमन्त्रीको विज्ञ सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरिएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए । झापाको गौरादह स्थायी घर भएका खरेल यसअघि पूर्वमहान्यायाधिवक्ता पनि थिए ।