काठमाडौं । संघीय संसद् सचिवालयले दुईजना पत्रकारको संसद् प्रवेश पास निलम्बन गरेको छ । महासचिवस्तरीय निर्णयबाट प्रकाश वली र र किशोरकुमार श्रेष्ठको संसद् प्रवेश पास एक महिनाका लागि निलम्बन गरिएको हो । वली सुनौलो नेपाल र श्रेष्ठ युवा मन च्यानलका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई प्रश्न गर्दा शब्द चयनमा ध्यान नदिइएको भन्दै निलम्बन गरिएको बताइएको छ । केही समयअघि प्रधानमन्त्री संसद् भवनबाहिर निस्किँदा युट्युबरले समाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकमा तानाशाही प्रवृत्ति देखाएको भन्दै प्रश्न गरेका थिए ।
प्रतिक्रिया